सर्लाहीमा बस दुर्घटना, तीन घाइते, चालक फरार
(सर्लाही) पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीमा बस दुर्घटना भएको छ । जिल्लामा बुधबार बिहान भएको दुर्घटनामा तीन यात्रु घाइते भएका छन् ।
रुपन्देहीबाट विरानगर जाँदै गरेको ना ५ ख १५२१ नम्वरको बस अनियन्त्रित भइ दुर्घटना हुँदा बसमा सवार तीन जना घाइते भएका हुन् । घाइते हुनेमा भारत सुबोल जिल्लाका २२ वर्षका नितेश यादव, विराटनगरका २४ वर्षीय ज्योति लिम्बु र सिरहा गढिमाइ नगरपालिका १३ निवासी २४ वर्षका राम सुबो यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरीले जनाएको छ।
घाइतेहरुको उपचारका लागि महोतरीको बर्दिवास पठाइएको छ। बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।