सातौं वृहत रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर -२०७६ भव्यताका साथ सम्पन्न
सागरमाथा एजुकेशनल एकेडेमी र लायन्स अफ ओखलढुङगाको संयुक्त आयोजनामा मुक्तिनाथ विकास बैंक र सिटिजन्स बैंक लिमिटेड को प्रायोजनमा सञ्चालन भएको सातौं वृहत रक्तदान तथा नोबेल अस्पतालका वरिष्ट चिकित्सहरु द्धारा परीक्षण गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा स्थानिय जनसमुदायको उत्साहजनक सहभागीता रह्यो। उक्त कार्यक्रममा ७३४ जना बिरामीको नि:शुल्क स्वास्थ्य परीक्षण तथा ८१ प्रिन्ट रक्त सङकलन गरिएको कुरा विद्यालयको प्रिन्सिपल पुष्पराज सिंखडाले जानकारी दिनु भयो।


यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी हातहरु विशेष लायन्स क्लब अफ ओखलढुङगा,मुक्तिनाथ विकास बैंक,सिटिजन्स बैंक लिमिटेड र सम्पुर्ण जनसमुदायलाई हार्दिक धन्यवाद व्यक्त गर्दै सामाजिक उत्तरदाईत्व बहन गर्ने क्रममा आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु निरन्तर गर्दै जाने पुष्पराज सिंखडाले जानकारी दिनु भयो।





