उपसचिव र डीएसपीसहित यातायातका ३८ कर्मचारीविरुद्ध मुद्दा दायर
(काठमाडौं) यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट फेल भएका व्यक्तिलाई पास बनाएको आरोपमा तत्कालीन प्रमुख उपसचिव आनन्द केशरी पोखरेलसहित ३८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले पोखरेलसहित प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालीन प्रहरी निरीक्षक हाल नायब उपरीक्षक नवराज थापा, शाखा अधिकृत राममणि पोखरेल, ईश्वरराज रेग्मी, शम्भुप्रसाद थपलिया, तत्कालीन शाखा अधिकृत हाल उपसचिव धर्मराज ढुंगाना र बाबुराम रेग्मी लगायत छन् ।
उनीहरुले २०६९ वैशाख, जेठ र असारमा प्रयोगात्मक परीक्षामा फेला भएका १२८४ जनालाई उत्तीर्ण बनाएको अख्तियारको दाबी छ ।