केदारस्युँको सीमार क्षेत्रमा बहुलाह स्यालको आतंक, तीन दुहुना गाई सहित ४ बाखालाई स्यालले टोक्यो ।।
बझाङ बझाङको केदारस्युँ गाउँपालिका वडा नं. १ सीमार, ढुडेगडा, आटाचिउरा लगाएतका क्षेत्रमा बहला स्यालले आतंक मच्चाएको छ । त्यस क्षेत्रका स्थानीका गोठमै पसेर स्यालले जनावरलाई टोकेको छ । मनी भण्डारीको दुहुनो गाई र बाच्छा, बिरपल भण्डारी र कमला भण्डारीको एक÷एक दुहुनो गाईलाई बहुला स्यालले टोकेको छ । त्यस्तै, भण्डारीका ४ ओटा बाख्रालाई पनि बहुला स्यालले टोकेको छ भने गाउँका अन्य धेरै किसानाका बाख्रालाई पनि टोकेको स्थानी मनी भण्डारीले जानकारी दिनु भयो । सुक्रबार दिउँसो गाउँ पसको स्यालले आतंक मच्चाई रहेको हो । उक्त बहुलाह स्याललाई नियन्त्रणमा लिन नसकिएको विरपल भण्डारीले बताउनु भयो ।
स्यालले सुक्रबार दिउँसो गोठमा नै पसेर दुहुना गाईलाई टोकेपछि पीडीत किसानले गाईलाई दुहुन नै छोड्नु भएको छ । बहुलाह स्यालले टोकेका दुहुना गाईको दुध खाए रेविस सर्ने डरले गाईलाई दुहुन नै छोडेका छन् । केदारस्युँ गाउँपालिकाका पशुसेवा प्राविधिक शान्ती रेग्मले पनि स्यालको टोकेका गाईको दुध नखान आग्रह गर्नुभयो ।
रेविज विरुद्धको सूई लगाए पछि मात्रै धुद प्रयोग गर्न सकिने उहाँले बताउनु भयो । दुहुना गईनै बहुलाह स्यालले टोकेपछि किसान चिन्तीत भएका छन् भने त्यहाँका अन्य स्थानीय त्रसीत भएका छन् ।