विप्लव समूहको ब्यूरो बैठकमा प्रहरी छापा, माथिल्लो तहका एक्काइस जना पक्राउ
(काठमाडौं) नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेकपाका माथिल्लो तहका २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दाङको राजपुर गाउँपालिका ४ को जंगलबाट उनीहरुलाई गए राति पक्राउ गरिएको दाङ प्रहरीका प्रवक्ता विनोदविक्रम शाहले पुष्टि गरे।
स्रोतका अनुसार पक्राउ पर्नेमा उक्त पार्टीका मध्यपश्चिम कमाण्ड इञ्चार्ज तथा विप्लवका दाइ बिरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायत छन्।
त्यहाँ विप्लवको ब्यूराे बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 'केन्द्रीय तहका २१ जनालाई नियन्त्रणमा लिएका छौं। शाहले नागरिकसँग भने, अहिले बाटोमै छौं।
उनीहरुलाई सदरमुकाम लैजाँदैछौं। पक्राउ परेकाहरु बारे जानकारी संकलन गर्दैछौं। केही समयपछि उनीहरु बारे जानकारी दिनेछौं।’