बुटवल–सिद्धबाबा सडक खण्डमा दुईवटा जीप पहिरोले पुरिएः चालक मृत्यु चारको उद्धार
बुटवल- सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्ड आसपास दुईवटा जिप पहिरोमा पुरिएपछि एकको मृत्यु भएको छ भने चारजनाको प्रहरीले उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दोभान नजिकै खसेको पहिरोले लु१ ज २६१७ र लु २ ज ५९३८ नम्बरको जिप पुरेकाे हो ।मृत्यु हुनेमा चालक २६ वर्षीय कमल परियार हुन् । उनी गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ का बासिन्दा हुन् । यस्तै घाइते हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका २ बस्ने ३१ वर्षीय ललित मल्ल, गुल्मीको पुर्तिघात बस्ने २२ वर्षे प्रेम सुनार, बुटवलको नयाँ गाउँ बस्ने मिलन शाह र
सोही स्थानका २० वर्षे नरेन्द्र हमाल रहेका छन् । नरेन्द्र हमालको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रवक्ता डिएसपी कृष्णराज सापकोटाले जानकारी दिए । चारैजनाको बुटवल प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।