बलेरोको ठक्करबाट घाइते बालकको मृत्यु भएको छ ।
चितवनको कालिका नगरपालिका–९ शक्तिखोरमा बलेरोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा गोर्खा जिल्ला घर भई हाल शक्तिखोरमा आमा बाबुसँग बस्दै आएका हासिल मियाँको छोरा हमिद रहेको प्रहरीले जनाएको छ ।ना ४ च २५५८ नम्बरको बलेरोले बालकलाई आइतबार साँझ करिब साढे ७ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।बलेरोको ठक्करबाट घाइते बालकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । बलेरो प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।