काठमाण्डौ पशुपतिनाथ मन्दिर परिसरमा तीजको रौनक ( तस्वीर)
काठमाडौं, भदौ । हरितालिका तीजका अवसरमा देशभरका शिवालयहरुमा दर्शनार्थीहरुको घुइँचो लागीरहेको छ ।नेपाली हिन्दु नारीहरुले उमामहेश्वरको पूजा–आराधना गरी तीज पर्व आज धुमधामसंग् मनाउँदैछन्। भाद्र शुक्ल तृतीयामा नारीहरुले व्रत बसी शिव पार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहि आएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिरमा सोमबार बिहानैदेखि श्रद्धालु महिलाको विशेष चहलपहल रहेको छ ।
.jpg)



