बझाङमा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग चार दिन पछि सन्चालनमा
बझाङ, १७ भदौ । लगातारको वर्षाका कारण अवरुद्ध बनेको केहि दिन पछि बझाङको जयपृथ्वी राजमार्ग सन्चालनमा आएको छ । शनिबार बेलुकादेखि अवरुद्ध भएको राजमार्ग मंगलबार बिहानबाट मात्र सन्चालनमा आएको हो ।
राजमार्गको जयपृथ्वी नगरपालीका कचालीखोला स्थित र जाल्या बगरमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको थियो ।जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकाएको पहलमा राजमार्ग चार दिन पछि सन्चालनमा आएको छ ।
पहिरोका कारण रोकिएका लामो तथा छोटो दूरीका सवारी–साधनहरुसमेत सन्चालनमा आएका छन् ।
सडक निर्माणकाक्रममा जथाभावी डाँडा काटिएका कारण पहिरो जाने समस्या बढेको स्थानीय गुनासो समेत रहेको छ ।