नेपालका लागि स्वर्ण पदक मनिकाले जितिन्
काठमाण्डौ : तङ्ग–इल मो–दो संघ नेपालकी खेलाडि मनिका सुनारले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन्। १०६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ३५६५ खेलाडीहरूले सहभागिता जनाएका थिए। तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोष कुमार पौडेल नेतृत्वमा ६ जना नेपाली खेलाडीहरुको सहभागिता रहेकोमा गोरखाकी मनिका सुनारले महिला काता (बोन)मा स्वर्ण पदक जितेर नेपालको नाम राखेकी छन्। मनिकासँगै प्रकाश श्रेष्ठ, तेज बहादुर सिंह, दिपक बास्तोला दिपेन्द्र ठाकुर लगायतका खेलाडिले सहभागिता जनाएका थिए। प्रतियोगिता यहि अगस्ट २६ देखि ३० सम्म कोरियामा भएको थियो।
दक्षिण कोरियामा आयोजना गरिएको २०१९ छन्ङजु वर्ड मार्शल आर्टस मास्टरशिप 'अन्तर्राष्ट्रिय मार्शल आर्टस मेगाइभेन्ट' सुनारले स्वर्ण पदक जितेकी हुन्। कोरियाली सरकारको स्वीकृतीमा अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको तङ्ग–इल मो–दो संघ नेपालका महासचिव बिष्णु गिरीले जानकारी दिए। 'समय भन्दा पर, संसारलाइ जोड्ने' भन्ने नाराका आयोजित अन्तराष्ट्रिय प्रतियोगितमा सबै किसीमको मार्शल आर्टशलाई एकै ठाउँमा ल्याउन तथा मार्सल आर्टको माध्यमबाट शान्ति र सद्भावका लागि सकारात्मक सन्देश प्रवाह गर्न पनि प्रतियोगिता गरिएको हो।' उनले भने।