प्रहरीद्वारा चार जना पक्राउ धनुषामा गोली चल्यो
धनुषा-जनकपुरधाम उपमहानगरपालिकाको मूलगेटमै रहेको एउटा पसलमा सटर फुटाएर डकैती गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुर उपमहानगरपालिकाको मूलद्वारसँगै टाँसिएर रहेको जनकपुर फनिर्सिङको सटर फुटाएर भित्र पसेको डाँकालाई गोली हानेर प्रहरीले पक्राउ गरेको हो ।बिहीबार बिहान करिब साढे तीन बजे उनीहरुलाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेहरुमा रौतहटको गौर घर भई जनकपुरधाम–४ मा डेरागरी बस्ने ५५ वर्षीय विनोद सिंह, रौतहटकै वृन्दावन नगरपालिका–१ रमौलीका ३५ वर्षीय गगनदेव पटेल, भारत बिहारस्थित सीतामढी जिल्ला, वैरगनिया –७ का ३९ वर्षीय ओजिर अन्सारी र सीतामढी जिल्लाकै रिगा थाना पिपराढी ग्रामपञ्चायत घर भइ जनकपुरधाम –४ मा डेरागरी बस्ने ४० वर्षीय इलियास राइन छन् जनकपुरधाम उपमहानगरपालिकाको मूलगेटमै रहेको एउटा पसलमा सटर फुटाएर डकैती गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुर उपमहानगरपालिकाको मूलद्वारसँगै टाँसिएर रहेको जनकपुर फनिर्सिङको सटर फुटाएर भित्र पसेको डाँकालाई गोली हानेर प्रहरीले पक्राउ गरेको हो ।बिहीबार बिहान करिब साढे तीन बजे उनीहरुलाई पक्राउ गरिएको छ ।पक्राउ पर्नेहरुमा रौतहटको गौर घर भई जनकपुरधाम–४ मा डेरागरी बस्ने ५५ वर्षीय विनोद सिंह, रौतहटकै वृन्दावन नगरपालिका–१ रमौलीका ३५ वर्षीय गगनदेव पटेल, भारत बिहारस्थित सीतामढी जिल्ला, वैरगनिया –७ का ३९ वर्षीय ओजिर अन्सारी र सीतामढी जिल्लाकै रिगा थाना पिपराढी ग्रामपञ्चायत घर भइ जनकपुरधाम –४ मा डेरागरी बस्ने ४० वर्षीय इलियास राइन छन् ।सिंहलाई गोली लागेको छ ।