अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँचको मृत्यु, १६ घाइते
काठमाण्डौ – अमेरिकाको टेक्सासमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा पाँचजना मृत्यु भएको छ। घटनामा १६ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समय अनुसार शनिबार अपरान्नह कम्तिमा एक बन्दुकधारीले मानिसहरुमाथि अन्धाधुन्ध गोली चलाएका हुन्।
टेक्सासको पश्चिमी शहर ओडेसा र मिडल्याण्डमा ती बन्दुकधारीले गाडी चलाउँदै अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ। उनको प्रहरीको जवाफी कारवाहीमा मृत्यु भएको जनाइएको छ। गोली चलाउनुको कारण खुलेको छैन। गोली लाग्नेहरुमा प्रहरी अधिकारीहरु पनि छन् । चार हप्ताअघि टेक्सासको एल पासोमा अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको ज्यान गएको थियो।
रासस