विभागको नेतृत्व टुंग्याउन तत्कालीन एमाले र माओवादीको बेग्लाबेग्लै बैठक
काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एकता प्रक्रियालाई पूर्णता दिन भन्दै आज सचिवालय बैठक डाकेको छ । दिउँसो १ बजे तय भएको बैठकअघि आफ्नाे भागमा परेका विभागमा कसलाई पठाउने भन्ने विषयमा तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रका बेग्लाबेग्लै बैठक जारी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नुअघि तत्कालीन माओबादी पक्षधर नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निवासमा र तात्कालीन एमालेका नेताहरु अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली को सरकारी निवास बालुवाटारमा वेग्लावेग्ले छलफलमा व्यस्त छन् । दुवै बैठकमा अध्यक्षद्धयले आफ्ना तत्कालीन पार्टीबाट नेकपामा सचिवालयमा रहेका नेताहरुलाई डाकिएको छ । नेकपाका ३२ वटा विभाग मध्ये तत्कालिन एमालेका भागमा १८ र माओवादीको भागमा १४ विभाग छुट्टाइएको छ । विभागको नेतृत्वमा ‘करिव सहमति’ जुटेको बताइएपनि कसलाई पठाउने भन्ने बिषयमा दुवै पक्षमा बिवाद छ ।
स्कुल विभागमा तत्कालीन माओवादीको दावी छ भने सो दावीको विभागमा कसले प्रतिनिधित्व गर्ने भन्ने बिषयमा समेत सहमति जुटेको छैन । विदेश, संगठन, स्कुल र नीति तथा प्रतिष्ठान विभाग भने तत्कालीन एमालेको भागमा परेको नेताहरुले बताएका छन् । ती बिभागमा कसले नेतृत्व लिने भन्ने बिषयमा सहमति जुटाउन तत्कालीन एमालेका नेताहरु छलफलमा जुटेका हुन् । नेता माधव नेपालले बिदेश बिभाग, झलनाथ खनालले नीति तथा प्रतिष्ठान विभाग, सचिवालय सदस्य बामदेव गौतमले संगठन बिभाग र उपप्रधानमन्त्रीसमेत रहेका अर्का सचिवालय सदस्य इश्वर पोखरेलले स्कुल विभागमा दावी गरेपनि अन्तिम टुंगो भने लाग्न बाँकी रहेको नेताहरु बताउँछन् ।
अन्य तीन बिभागमा करिव सहमति भएपनि पोखरेलले दावी गरेको स्कुल विभागमा तत्कालीन माओबादीका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले दावी गरेपछि निर्णय हुन सकेको छ । तत्ककालनि दुई पार्टीबीच छलफल गरेर टुंगो लगाएपछि आजको सचिवालयले अन्तिम रुप दिने तयारी नेकपाको छ । तत्कालीन माओवादीको भागमा प्रचार तथा प्रकाशन बिभाग र आर्थिक बिभाग प्रमुख परेको छ । ती विभागको नेतृत्वमा कसलाई पठाउने भन्ने बिषय भने टुंगो लागी नसकेको बताइएको छ । ७७ जिल्ला इन्चार्जमा भने तात्कालीन एमालेले ४६ तत्कालीन माओवादीले ३१ जिल्ला पाइसकेका छन् ।
(शिलापत्र )