प्रतिक्रियावादीहरुले नेता नेताको झगडा गराएको प्रचण्डको दाबी
काठमाडौं ३१ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरुले नेता छन ।आज मंगलबार ललितपुर जिल्ला कमिटीको पूर्णबैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावदीहरुले नेता नेतामा झगडा लगाउने गरेको बताएका छन । उनले भने, प्रतिक्रियावादीहरु फुटाउन सिफालु छन्, हामी जुटाउन सिपालु हुनुपर्छ ।’
प्रचण्डले दुश्मनका कारण नभई आफ्नो कमजोरी, अहंकार र व्यक्तिवादी चिन्तनका कारण कम्युनिस्ट पार्टीहरु असफल भएको विश्व इतिहास रहेको भन्दै उनले उनले भने, ‘एकअर्कालाई निषेध गर्ने प्रवृत्ति नै हाम्रो काल हुने गरेको छ ।’
पार्टी एकता गर्ने घोषणासँगै प्रतिक्रियावादीहरुको चलखेल सुरु भएको भन्दै उनले अघि भने, ‘विभिन्न खालका प्रलोभन र धम्की, घेराबन्दी नभएका होइनन् । त्यो सबैलाई पार गरेर प्रतिवद्धता अनुसार नै हामीले एकता घोषणा गर्यौं ।’
प्रचण्डले पार्टी एकताका बाँकी काम आजै साँझ टुंगो लागाउने प्रयास भइरहेको जनाएका छन ।असार मसान्तसम्म पार्टी एकताका सबै काम सक्ने घोषणा पुरा गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल भइरहेको भन्दै उनले भने, ‘मुलभूत रुपमा सबै हामीले टुंग्याउँछौं । अब खाली ठाउँ भर्न मात्र बाँकी छ ।’
अध्यक्ष प्रचण्ड केन्द्रीय सदस्यहरुको कार्य विभाजन, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारे भएको सहमतिलाई छिट्टै सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बसेर अनुमोदन गर्ने बताएका छन ।