हर्क साम्पाङद्वारा रवि लामिछानेलाई भारत भ्रमणमा सीमा मुद्दा उठाउन आग्रह
काठमाडौँ — हर्क साम्पाङ ले रवि लामिछाने लाई आगामी भारत भ्रमणका क्रममा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी विषय उठाउन आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति लामिछाने, सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा जेठ १८ गते भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ।
सोही भ्रमणलाई लक्षित गर्दै श्रम संस्कृति पार्टी का अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत लामिछानेलाई सम्बोधन गर्दै भनेका छन्, “रवि लामिछानेजी, अब भारत गएर लिपुलेक–लिम्पियाधुरा फर्काउने विषयमा कुरा गर्नु है।”
साम्पाङले सञ्चारकर्मीका रूपमा रहँदा लामिछानेले यस्ता विषयमा आवाज उठाउने गरेको स्मरणसमेत गरेका छन्।