प्रधानमन्त्री बालेन शाहको इयू र ३० भन्दा बढी राजदूतसँग उच्चस्तरीय कूटनीतिक छलफल
काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) ले आज बिहान साढे ११ बजे सिंहदरबारमा युरोपेली सङ्घ तथा दक्षिण–पूर्वी एसियाका ३० भन्दा बढी गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग संयुक्त कूटनीतिक छलफल गर्दै छन्।
युरोपेली सङ्घ सहित सहभागी कूटनीतिक प्रतिनिधिहरूसँगको उक्त बैठकलाई द्विपक्षीय तथा बहुपक्षीय सम्बन्ध सुदृढ बनाउने उद्देश्यसहित उच्चस्तरीय कूटनीतिक संवादका रूपमा लिइएको छ।
सरकारी स्रोतका अनुसार बैठकमा नेपाललाई ‘अति कम विकसित देश’ (LDC) को सूचीमा यथावत् राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने विषयमा छलफल हुनेछ।
त्यसैगरी, नेपाली हवाई क्षेत्रसँग सम्बन्धित युरोपेली हवाई सुरक्षा एजेन्सी (EU aviation safety body) को कालोसूचीबाट नेपाललाई हटाउने विषयमा पनि कूटनीतिक पहल हुने अपेक्षा गरिएको छ।