काठमाडौँ महानगरद्वारा गोरखा मिडिया नेटवर्कलाई १५ दिने अन्तिम सूचना
काठमाडौँ — काठमाडौँ महानगरपालिका ले गोरखा मिडिया नेटवर्क प्रा.लि. का नाममा १५ दिने सार्वजनिक सूचना जारी गर्दै ग्यालेक्सी फोरके टेलिभिजनका सामान तत्काल उठाउन अन्तिम चेतावनी दिएको छ।
काठमाडौँ महानगर–३ निवासी घरधनी मृगेन्द्रप्रसाद मिश्रले गोरखा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध “भाडा असुल गरी घरजग्गा खाली गराइपाऊँ” भनी दायर गरेको मुद्दामा महानगरको न्यायिक समिति तथा उच्च अदालत पाटनको आदेशपछि गत कात्तिकमै उक्त स्थान खाली गराइएको थियो।
घर खाली गराएको करिब ६ महिना बितिसक्दा पनि टेलिभिजनका सामान नउठाइएपछि घरधनी मिश्रले गत २१ वैशाख २०८३ मा ती सामान लिलाम गरिपाऊँ भनी महानगरमा निवेदन दिएका थिए।
सोही निवेदनका आधारमा महानगरले सूचना जारी गर्दै १५ दिनभित्र बाँकी भाडा बुझाएर सामान नउठाइएमा महानगरपालिकाको न्यायिक समितिको कार्यविधि अनुसार ती सामानहरू लिलाम बिक्री गरिने स्पष्ट पारेको छ।