अस्पतालको बाटो बिषयमा स्थानीय र प्रहरीबीच झडप, स्थिति तनावपूर्ण
काठमाण्डौ २४ असार । जनकपुर अञ्चल अस्पतालको पूर्वपट्टि साविक बाटो कायम हुनुपर्ने भन्दै स्थानीयले विरोध गर्दा प्रहरीले जवरजस्ती कुटपिट र पक्राउ गर्न खोजेपछि दुवै समूहबीच तनाव उत्पन्न भएको हो ।सो क्रममा स्थानीयवासीले प्रहरी र मेडिकल सुपरिटेन्डेन्टविरुद्ध नाराबाजीसमेत गरिको बताएको छ । जनकपुर उपनमहानगरपालिका १० का वडाध्यक्ष मिथिलेष कर्णका अनुसार यहाँ साबिकमा पहिलेदेखि नै बाटो रहेको र उक्त विषयमा अस्पताल प्रशासनलाई समेत पत्र काटेर जानकारी गराई सकेको अवस्थामा पनि प्रहरी लगाएर यो बाटो तत्काल बन्द गर्नु गलत भएको जनाएका छन । । उत्त अस्पताल पूर्वतिर ४ देखि ६ फिटसम्म पैदल आवतजावत गर्ने बाटो रहेको स्थानीयवासीले स’सन्चा।र माध्यम लार्य जानकारी दिएका छन्। प्रशासनले बल प्रयोग गरी स्थानीयमाथि धरपकड गरे परिणाम नराम्रो हुने वडासदस्य मीनादेवी साहले चेतावनी दिएकी छन्। शाहले जन प्रतिनिधिको उपस्थितिमा स्थानीय प्रशासनले प्रमुख जिल्ला अधिकारी र स्थानीय जिल्ला प्रहरी प्रमुखको इसारामा बल प्रयोग गर्न खोजिएको आरोप को बताएकी छिन । अस्पतालको नयाँ भवन बन्न लाग्दा स्थानीयलाई अस्पताल प्रशासनको आग्रहमा उक्त बाटो केही समयका लागि बन्द गरिएको स्थानीय सुभाष अधिकारीले बताउनु भयो । उता अस्पतालको आग्रहमा सुरक्षालाई ध्यानमा राखेर प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीले जनाए। तर कार्कीले अस्पताल परिसरमा कुनै किसिमको झडप नभएको बताएका छन्।