ओबामाको अपमान गर्न ट्रम्पले इरानसँग परमाणु सम्झौता तोडेको खुलासा
काठमाण्डौ २९ असार । एजेन्सी स् पूर्वराष्ट्रपति बराक ओबामाको अनादर गर्न अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग गरिएको परमाणु सम्झौता भङ्ग गरेको ब्रिटिश कूटनीतिज्ञले खुलासा गरेका छन् । अमेरिकाका लागि ब्रिटेनका राजदूत सर किम डारकले ट्रम्पको उक्त कदमलाई कूटनीतिक बर्बरता भनेका छन् । विवाद उत्पन्न भएपछि डारकले केही दिनअघि राजीनामा दिएका थिए।
मेल पत्रिकाका अनुसार तत्कालीन ब्रिटिश विदेशमन्त्री बोरिस जन्सनले सन् २०१८ मा अमेरिकालाई परमाणु सम्झौतामा अडिग रहिरहन आग्रह गरेपछि डारकले त्यस्तो टिप्पणी लेखेर पठाएको बताइएको छ। ब्रिटिश राजदूतको इमेल बारे ट्रम्प भन्छन्, मलाई मतलब छैन । उक्त सम्झौतामा इरानलाई संवेदनशील परमाणु गतिविधि सीमित पार्न सहमत गराइएको थियो। इरानलाई कमजोर बनाइरहेको आर्थिक प्रतिबन्धहरू फुकुवा गर्ने सर्तमा सम्झौतामा अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूलाई प्रवेश दिने पनि उल्लेख थियो।
परमाणु सम्झौतामा इरानलाई परमाणु गतिविधि सीमित पार्न सहमत गराइएको थियो । यद्यपि राष्ट्रपति ट्रम्पले सम्झौताले काम नगरेको निष्कर्ष निकालेका उक्त पत्रिकाले लेखेको छ । जन्सन अमेरिकाबाट ब्रिटेन फर्किएपछि सर किम डारकले आफ्नो सरकारलाई ट्रम्पले उक्त सम्झौता भङ्ग गर्ने देखिएको लेखेका थिए। आफ्ना पूर्ववर्ती बराक ओबामाले गरेको सम्झौता भएकाले व्यक्तिगत कारणहरु ले गर्दा उनले त्यसो गर्न चाहेको डारकले लेखेका थिए।
ब्रिटिश राजदूतले अमेरिकी राष्ट्रपतिका सल्लाहकारहरूबीच मतभेद रहेको उल्लेख गर्दै सम्झौताबाट अलग्गिएपछि के गर्ने भन्नेबारे ह्वाइट हाउससँग दैनिक कार्यतालिका नभएको बताएका थिए। उक्त पत्रिकामा भनिएको छ, परिणामले ह्वाइट हाउस दोधार देखाउँछ । यथार्थमा उक्त प्रशासन कूटनीतिक बर्बरता गर्न उद्यत छ। विचार र व्यक्तित्वका कारण त्यो ओबामाको सम्झौता भएकाले त्यसमाथि उनीहरू अर्को दिनका लागिु कुनै रणनीतिको समीक्षा गर्न सक्दैनन्। आजै बिहानै विदेश मन्त्रालयका सम्पर्कसूत्रहरूसँग बुझ्दा उनीहरूले युरोप होस् वा त्यस क्षेत्रमै आफ्ना साझेदारहरूसम्म पुग्न कुनै योजना नै छैन ।
स्कटल्यान्ड यार्डले पत्रकारहरूलाई सचेत गराउँदै पूर्वराजदूतका कुराकानीबारे थप विवरण सार्वजनिक गर्नेले गोप्यतासम्बन्धी कानुन मिचेको ठहरिन सक्ने चेतावनी दिएको थियो।ट्रम्पको प्रशासनलाई डारकले अक्षम, असुरक्षित र अयोग्य भनेका इमेलहरू एक साताअघि सार्वजनिक भएका थिए। ब्रिटिश सरकारले भने आफ्ना राजदूतका टिप्पणी सहितका कैयौँ सन्देश चुहिएको विषयमा औपचारिक छानबिन गर्ने घोषणा गरेको छ।