महेन्द्रनगरमा जारी चौँथो प्रधानमन्त्री कप महिला प्रतियोगिताको पाँचौ दिनको पहिलो खेलमा सुदूरपश्चिम विजयीबनेको छ ।
महेन्द्रनगरमा जारी चौँथो प्रधानमन्त्री कप महिला प्रतियोगिताको पाँचौ दिनको पहिलो खेलमा सुदूरपश्चिम विजयीबनेको छ ।
आईतबार भएको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर ५ लाई ५१ रनले पल्५याउदै । प्रदेश नम्बर पाँचले टस जितेर फिल्डीङ रोजेपछि सुदूरपश्चिमले व्याटिङको निन्तो पाएको थियो । सुदूरपश्चिमले १६ दशमलव एक ओभरमा अट आउट हुदैँ एक सय रन बनायो ।
उसका लागि कविता कुँवरले उत्कृष्ट पारि खेलिन् । २५ बलको सामना गरेकी कविताले आठ चौका सहित ४३ रनको योगदान गरिन् । त्यस्तै कविता जोशीले १९, रेवती धामीले नौ, निसा भट्टले आठ, मञ्जु बोकटी चार र टीम कप्तान जानकी भट्टले १० बलमा एक रन मात्रै बनाईन् ।
प्रदेश नम्बर ५ का लागि नेरी थापा र अलिसा केसीले तीन÷तीन विकेट लिए पनि टीमलाई जिताउन सकेनन् ।एक सय एक रनको विजयी लक्ष्य पाएर जवाफी ब्याटीङ गरेको प्रदेश नम्बर ५, १६ ओभरमै अल आउट भयो ।उसका लागि लक्ष्मी चौधरीले नट आउट १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सफलभएनन्।
सुदूरपश्चिमका लागि कसिलो बोलिङ गर्ने क्रममा टीम कप्तान जानकी भट्टले चार रन खर्चेर तीन विकेट लिईन् । त्यस्तै कविता कुँवर, सुनम विष्ट र लक्ष्मी साउदले समान दुई÷दुई विकेट लिए ।उक्त प्रतियोगितामा प्लेयर अफ द म्याच कविता कुवँर बन्न सफल भईन् ।