नेप्से १५.३९ अंकले बढ्यो, कारोबार रकम साढे ५ अर्ब नाघ्यो
मंगलबार सेयर बजार परिसूचक नेप्से १५.३९ अंकले बढेर २ हजार ६३८ अंकमा पुगेको छ ।
बजारमा सूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
आज १६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनीको घटेको छ । तीन कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबारमा बैंकिङ समूह सर्वाधिक १.२४ प्रतिशतले बढेको छ । विकास बैंक १.०४, व्यापार ०.९७ र होटल तथा पर्यटन समूह ०.९४ प्रतिशतले बढेका छन् ।
यसअघि सोमबार नेप्से २.२६ अंकले बढेको थियो ।