सुनको मूल्य तोलामा ५०० र चाँदी ३५ रुपैयाँले बढ्यो
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर दुई लाख ४७ हजार ९०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर तीन हजार १४५ रुपैयाँ पुगेको छ ।
सोमबार सुन प्रतितोला दुई लाख ४७ हजार ४०० रुपैयाँ र चाँदी तीन हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।