भारतबाट उद्घाटन गरिएको रेल जनकपुरधाम आइपुग्यो
नेपाल र भारतका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट संयुक्त रूपमा उद्घाटन गरेको रेल जनकपुरधाम आइपुगेको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार (नोभेम्बर २३) नयाँ दिल्लीबाट भर्चुअल माध्यममार्फत रेल सेवाको उद्घाटन गरेका थिए ।
उद्घाटनपछि सोमबार दिउँसो १२ः३० बजे अयोध्याधामबाट प्रस्थान गरेको रेल मंगलबार बिहान पौने १० बजे जनकपुरधाम आइपुगेको हो ।
रेल जनकपुरधाम आइपुग्दा स्वागतका लागि विभिन्न सांस्कृतिक कार्यक्रम, परम्परागत झाँकी तथा स्वागत समारोह आयोजना गरिएको थियो ।