स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
बैठकमा आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी सञ्चालन गर्न लागिएको अभियान ‘हामी तयार छौँ’ अन्तर्गत केन्द्रीय नेताहरूका धारणा, विचार तथा सुझाव संकलन गरिने बताइएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।