काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई द्विदिशात्मक बनाउन नेपाल र भारत सहमत
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई द्विदिशात्मक बनाउने सहमति भएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त प्रेस वक्तव्यको आठौँ बुँदामा हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको बी३४५ हवाई रुटलाई दुईतर्फी बनाउन दुवै पक्ष सहमत भएको उल्लेख छ।
यससम्बन्धी आवश्यक प्रक्रिया र मोडालिटी तय गर्न दुवै देशका प्राविधिक टोलीबीच परामर्श गरिने वक्तव्यमा जनाइएको छ।