प्रधानमन्त्री बालेनद्वारा महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सोमबार नयाँदिल्लीस्थित राजघाट पुगेर प्रधानमन्त्री शाहले गान्धीको समाधिस्थलमा माल्यार्पण गरेका हुन् ।
त्यसक्रममा उनले आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुका साथै समाधिस्थलका बारेमा जानकारीसमेत लिएका छन् ।