इजरायलमा सैन्य सेवाको विरोधमा प्रदर्शन, जेरुसेलममा सडक अवरुद्ध
इजरायलको जेरुसेलममा अनिवार्य सैन्य सेवामा सहभागी नभएका धार्मिक विद्यालयका विद्यार्थी पक्राउ परेपछि अति-अर्थोडक्स यहुदी समुदायले विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै लाइट रेल सेवा सञ्चालनमा बाधा पुर्याएका छन् । यस क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपसमेत भएको छ ।
अति-अर्थोडक्स यहुदी विद्यार्थीलाई अनिवार्य सैन्य सेवामा सहभागी गराउने विषय इजरायलका राजनीतिक दलबीचको गठबन्धन वार्ताको कार्यसूचीमा समेत परेको छ । (रासस)