प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूबीच शिष्टाचार भेटवार्ता
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री शाहले सोमबार राष्ट्रपति भवन पुगेर राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत भ्रमणमा पुगेका शाहले भ्रमणको दोस्रो दिन राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन्।
भेटका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा दुई देशबीचको द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको जनाइएको छ।
भेटमा नेपालका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्मा सहभागी थिए।
त्यस्तै, भारतीय पक्षबाट विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायत सरकारी अधिकारी सहभागी थिए।