बर्दियामा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु
बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ ।
राजापुर नगरपालिका–१० मझराकी कमलासिंह ठकुरीको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार साँझ आँगनमा खेलिरहेका बेला चितुवाले किशोरीलाई आक्रमण गरी घिसारेर लगेको थियो । खोजी गर्ने क्रममा घरदेखि करिब ३०० मिटर टाढा सिमलको झ्याङमा उनको शव फेला परेको थियो ।
चितुवाको आक्रमणबाट घाँटी तथा शरीरका संवेदनशील अङ्गमा चोट लागेको प्रहरीले जनाएको छ ।
राजापुर क्षेत्रमा चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट मानवीय क्षति भएको यो दोस्रो घटना हो । यसअघि गत असोज २२ गते चितुवाको आक्रमणबाट ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएको थियो ।