अमेरिका र फिलिपिन्सबीच रक्षा तथा ऊर्जा सहकार्य विस्तार गर्ने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिलिपिन्ससँग रक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने बताएका छन्। उनले फिलिपिन्सको पहिलो आधुनिक आणविक ऊर्जा परियोजनामा अमेरिकी प्रविधि प्रयोग गर्न सकिने उल्लेख गरेका छन्।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले बुधबार मनिलास्थित राष्ट्रपति भवनमा सैनिक टुकडी र ब्यान्डसहित ट्रम्पको स्वागत गरेका थिए। ट्रम्पको भ्रमणका क्रममा करिब एक हजार प्रदर्शनकारीले अमेरिकी नीतिको विरोध गर्दै प्रदर्शन गरेका थिए।
अमेरिका र फिलिपिन्सबीच दक्षिण चीन सागरको क्षेत्रीय परिस्थिति तथा ताइवान आसपासको अवस्थालगायत विषयमा सुरक्षा सहकार्य हुँदै आएको छ।
राष्ट्रपति मार्कोसको कार्यकालमा फिलिपिन्समा अमेरिकी सेनाको पहुँच र दुई देशबीच संयुक्त सैन्य अभ्यास विस्तार भएको छ। गत अप्रिलमा १७ हजारभन्दा बढी सैनिक सहभागी १९ दिने संयुक्त सैन्य अभ्यास गरिएको थियो।
ट्रम्प बुधबार एपेक बैठकमा सहभागी हुन चीन जाने कार्यक्रम थियो। भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।