सुनको भाउ एकैदिन ६ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ । गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले आज पनि निरन्तरता पाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेर २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार ७८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।