नियमित हाजिर नभएका सात इन्जिनियर सरकारी सेवाबाट हटाइए
पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा नियमित हाजिर नभएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ ।
मन्त्रालयका अनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूहका राजपत्राङ्कित तृतीय श्रेणीका इन्जिनियरलाई सेवाबाट हटाइएको हो ।
सेवाबाट हटाइएकामध्ये पुजन न्यौपाने, सृष्टि भुषाल, सम्योग श्रेष्ठ, आस्था आचार्य, नरेश थापा र रमेश प्रसाद पौडेल कार्यालयमा अनुपस्थित रहेको कसुरमा कारबाहीमा परेका हुन् ।
त्यस्तै, स्वीकृतिबिना बिदामा बसेको कसुरमा पदमेन्द्र प्रसाद श्रेष्ठलाई पनि सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।