जटिल प्रसूति समस्यामा परेकी अछामकी २० वर्षीया महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार
जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया महिलाको नेपाली सेनाले हवाई उद्धार गरेको छ ।
अछामको मंगलसेन नगरपालिका–४ निवासी ती महिलालाई मंसिर १ गते सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको हो ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत उनको उद्धार गरिएको हो ।
दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुविधासम्पन्न स्वास्थ्य संस्थामा पुर्याई आमा र शिशुको जीवन रक्षा गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।