निजामती कर्मचारी ट्रेड युनियन खारेजीविरुद्धको रिट संवैधानिक इजलासमा
निजामती कर्मचारीको ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।
न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र चन्द्रबहादुर सारुको संयुक्त इजलासले मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न रहेको ठहर गर्दै संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो ।
नेपाल निजामती कर्मचारी संगठनकी केन्द्रीय कार्यसमिति सदस्य भवानी दाहालले सरकारको निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेकी थिइन् । यसअघि सर्वोच्चले ट्रेड युनियनमाथि प्रतिबन्ध नलगाउन अन्तरिम आदेशसमेत जारी गरेको थियो ।