प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक आज बिहान ११ बजे बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणबारे छलफल हुने जनाइएको छ।
बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय हुन सक्ने बताइएको छ।