काठमाडौं उपत्यकामा एकै दिन ६०८ सवारीचालक कारबाहीमा
काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६०८ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७९, तीव्र गतिमा चलाउने ५८, सीसीटीभी निगरानीबाट पहिचान भएका ३५ र ट्राफिक बत्ती उल्लङ्घन गर्ने २३ जना रहेका छन्।
त्यस्तै, अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।
सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात व्यवस्थापनका लागि जाँच र निगरानीलाई तीव्रता दिइएको भन्दै प्रहरीले सबै चालकलाई ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ।