कांग्रेस महिला केन्द्रीय सदस्यमा बासना थापा अगाडि, उर्मिला र निमा पछिपछि
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला केन्द्रीय सदस्यका १५ पदका लागि भइरहेको निर्वाचनको मतगणनामा बासना थापा अग्रस्थानमा रहेकी छन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा ४ हजार ६८९ मत गणना हुँदा थापाले ३ हजार ४८४ मत प्राप्त गरेकी छन् ।
त्यस्तै, उर्मिला थपलियाले २ हजार ६४७ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहँदा निमा गिरी २ हजार ६२० मतसहित तेस्रो स्थानमा छिन् ।
पछिल्लो मतपरिणामअनुसार कुसुमदेवी थापाले २ हजार १२९, धना कुमारी खतिवडाले २ हजार १२५, अनिता देवकोटाले १ हजार ९३०, विनिता खड्काले १ हजार ८९२, लक्ष्मी पाण्डेले १ हजार ७७२ र सृजना अधिकारीले १ हजार ७६२ मत प्राप्त गरेका छन् ।
त्यस्तै, मुना भुसालले १ हजार ६३२, चिनी पोखरेलले १ हजार ५६४, रिता थापा मगरले १ हजार ५१०, कान्तिका सेजुवालले १ हजार ४८१, उमा दाहालले १ हजार ४५८, निर्मला तामाङ बस्नेतले १ हजार ४२४ र अकला गुरुङले १ हजार ३३८ मत पाएकी छन् ।
महिला केन्द्रीय सदस्यका १५ पदका लागि मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।