गैँडाकोटमा दुई बस एकआपसमा ठोक्किँदा १८ जना घाइते
गैँडाकोट नगरपालिका –१२, हर्कपुरस्थित दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ६:५० बजेको समयमा गैँडाकोट नगरपालिका–१२, हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ आउँदै गरेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ ।