शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल
सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद लम्साललाई नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोगको पदाधिकारी नियुक्ति गरेको हो । सरकारले आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरेलाई नियुक्त गरेको छ ।