बाढी प्रभावितका लागि राहत कोषमा १५ अर्ब ५३ करोडभन्दा बढी मौज्दात
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा ११ अर्ब ६३ करोड ८० लाख ९८ हजार २९१ रुपैयाँ मौज्दात छ। यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ५४ लाख ४७ हजार ५४६ अमेरिकी डलर मौज्दात रहेको छ।
सबै खातामा गरी कोषमा १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९६२ रुपैयाँ मौज्दात रहेको जनाइएको छ। सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कोषमा २० करोड ७२ लाख ५६ हजार ९३१ रुपैयाँ थप जम्मा भएको छ।