गोरखाको पालुङटारमा अटो दुर्घटना हुँदा चार जना घाइते
गोरखाको पालुङटार नगरपालिका–४ छापथोकस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
आइतबार बिहान करिब साढे ९ बजे बडडाँडाबाट ठाँटीपोखरीतर्फ जादै गरेको ग प्र ०३-००१ ह ०२१० नम्बरको अटो सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा पालुङटार नगरपालिका–४ की ४८ वर्षीया पर्मिला जिसी, ४५ वर्षीया गीता श्रेष्ठ र २० वर्षीया प्रगती श्रेष्ठ र पालुङटार–५ की ३१ वर्षीया मेनुका गिरी घाइते भएको प्रहरीले जनाएको छ । घाइते चारै जनाको अवस्था मध्यम रहेको डीएसपी राजकुमार श्रेष्ठले बताए ।