बिहीबार दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयसँगै भोटेकोशी बाढीपछिको अवस्थाबारे छलफल हुने भएको छ।
बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउने विषयमा आवश्यक निर्णय हुने बताइएको छ।