प्रतिनिधिसभा बैठकमै कांग्रेस सांसद भरत खड्का अचानक लडे
प्रतिनिधिसभा बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरत बहादुर खड्का अचानक लडेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोम शर्माले सम्बोधन गरिरहेका बेला खड्का आफ्नै कुर्सीमा बसिरहेको अवस्थामा एक्कासि लडेका हुन्।
खड्का लडेपछि कांग्रेसका अन्य सांसदहरू तत्काल उनको सहयोगमा पुगेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले सांसद शर्माको सम्बोधन बीचमै रोकेका थिए।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार खड्काको संसद् भवनमै रहेको स्वास्थ्य इकाइमा उपचार भइरहेको छ।
खड्काको स्वास्थ्य अवस्था र घटनाको कारणबारे थप विवरण सार्वजनिक भइसकेको छैन। प्रतिनिधिसभाको आधिकारिक अभिलेखमा पनि खड्का सांसदका रूपमा दर्ज छन्।