महाकालीको भीषण बाढीले कञ्चनपुरको चर्चित झोलुङ्गे पुल बगायो
कञ्चनपुर । महाकाली नदीमा आएको भीषण बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरलाई जोड्ने चर्चित झोलुङ्गे पुल बगाएको छ।
बुधबार बिहान करिब ८ बजे नदीको तीव्र बहावले पुलको पिलर भत्काएपछि पुलको एक भाग नदीमा खसेर बगेको हो। प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फको छैटौँ र दोधारा चाँदनीतर्फको तेस्रो पिलर बाढीले कटान गरी भत्काएको थियो।
पुल बगेसँगै दोधारा चाँदनी क्षेत्रका बासिन्दाको सदरमुकाम तथा छिमेकी नगरसँगको पैदल सम्पर्क टुटेको छ। बाढीको जोखिम अझै कायम रहेकाले स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।