किस्पाङ गाउँपालिकाका अध्यक्ष सिंहदरबारबाट पक्राउ
नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । सोमबार सिंहदरबारबाट उनी पक्राउ परेका हुन् । प्रधानमन्त्री बालेन शाहले बोलाएको छलफलमा सहभागी भएर निस्कने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
बैठकमा सहभागी रसुवाको आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले उनलाई प्रहरीले लिएको गएको बताए । आर्थिक लेखनदेनसम्बन्धी मुद्दा भएकाले उनलाई पक्राउ गरेको बताइएको छ ।
सोमबार रसुवालगायत बाढीप्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग बालेनले छलफल गरेका थिए । सोही छलफलमा तामाङ पनि सहभागी थिए ।