नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु
कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु गएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले नहरमा डुबेर बेदकोट नगरपालिका–३ दैजीका आठ वर्षीय शाहिल ओखेडाको मृत्यु भएको बताए । नहरमा नुहाउने क्रममा उनको बुडेर मृत्यु भएको हो ।