लागुऔषध सहित दुई जना पक्राउ
प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जुम्ला र मोरङबाट दुई जना पक्राउ परेका हुन् । जुम्लाको चन्दननाथ नगरपालिका–६ लाईज्यूलाबाट अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित तातोपानी गाउँपालिका–२ डाँगीबाडा बस्ने २२ वर्षीय रोशन शाहीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै, मोरङको विराटनगर महानगरपालिका–१९ बस्ने ४३ वर्षीय बलराम पासवानलाई अवैध लागूऔषध गाँजा २ सय ग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका दुई जनामाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।