गोरखामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
गोरखामा जिप दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । आइतबार बिहान भच्चेकबाट चित्रेपोखरीतर्फ आउँदै गरेको ग १ ज ६३८९ नम्बरको जिप सिरानचोक २ थालाजुङमा दुर्घटना भएको हो ।
गाडी सडकको नालामा खसेर भित्तामा ठोक्किँदा काउलेकी ८१ वर्षीया लालमाया गुरुङको मृत्यु भएको हो । दुर्घटनामा ७ जना घाइते भएका छन् ।
सिरानचोक ७ का ६८ वर्षीय कमलबहादुर घिमिरे, ४८ वर्षीया सीता पाण्डे, लोकबहादुर खड्का, ७३ वर्षीय कुलबहादुर सार्की, वडा नम्वर ६ सिम्लेका ६८ वर्षीया सिता गुरुङ, वडा नम्वर ७ डाँडागाउँ बस्ने २७ की रेजिना नेपाली र उनको २१ महिनाकी छोरी रेविका नेपाली घाइते भएको गोरखा प्रहरीले जनाएको छ ।