जनकपुरमा आगलागी हुँदा एक जनाको मृत्यु
जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार आगलागीमा महोत्तरीको लोहारपट्टी नगरपालिका–२ का ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको हो। आगलागीबाट घरायसी सामानसहित करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने जनाएको छ। स्थानीय, प्रहरी र वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।