प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा चीन प्रस्थान गरेका छन्।
चीनको ग्वाञ्जाओमा चाइना ल सोसाइटीले आयोजना गरेको ‘चाइना फोरम अफ इन्टरनेसनल लेगल कोअपरेसन’ कार्यक्रममा सहभागी हुन शर्मा चीन गएका सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
शर्मासँगै सर्वोच्च अदालतका मुख्यरजिस्ट्रार विमल पौडेल र उपरजिस्ट्रार राजेन्द्र पौडेल पनि चीन गएका छन्। शर्मा आगामी असोज ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।